विदेश

पहिलो पटक रुसी भूमिमा युक्रेनले गर्यो हमला


काठमाडौँ – युक्रेनले पहिलो पटक रुसी भूमिमा हमला गरेको छ । युक्रेनले २ वटा हेलिकप्टरमार्फत त्यहाँको तेल डिपोमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो हमलामा दुई जना घाइते समेत भएका छन् । गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता युक्रेनले रुसी भूभागमा आक्रमण गरेको यो पहिलो घटना भएको जनाइएको छ ।

यद्यपि यस घटनाबारे युक्रेनी रक्षामन्त्रालयले कुनै टिप्पणी गरेको छैन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका दुई ‘देशद्रोही’ अधिकारीलाई बर्खास्त गरेका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) को मुख्य विभागका प्रमुख नाउमोभ आन्द्रे ओलेहोभिच र खेर्सन क्षेत्रमा एसबीयूका प्रमुख क्रिभोरुच्को शेरी ओलेक्सान्द्रोभिचलाई बर्खास्त गरेको उल्लेख गरेका छन् ।