Breaking

वायु प्रदुषण संकट उन्मूख, निरोगीलाई रोगी बनाउँदै, रोगीलाई झनै गाह्रो


काठमाडौँ — उपत्यकासँगै देशका अधिकांश भु–भाग केहि दिन यता बाक्लो तुँवालोले ढाकेको छ । धूँवा र धुलोको मात्र ह्वात्तै बढ्दा वायु प्रदुषण खतरा उन्मूख छ । मानव स्वास्थ्यका लागि धूमपानभन्दा घातक मानिएको वायु प्रदूषणबाट कसरी सुरक्षित रहने त ? विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायुको गुणस्तर सूचकांक एक्युआई ५० सम्मको वायुलाई स्वस्थ्य वायु मानिन्छ । एक्युआईको तह तीन सय नाघे मानव स्वास्थ्यका लागि घातक मानिन्छ । विगत केहि दिन यता उपत्यकासँगै देशका अधिकांश भू–भागमा वायुको गुणस्तर सूचांक एक्युआई एक सयदेखि दुईसयको आसपास छ ।

काठमाडौ सबैभन्दा बढि प्रदुषित शहरको सूचिमा छ । नेपालका प्रमुख शहर काठमाडौ, ललितपुर, भतmपुर, पोखरा लगायतका क्षेत्र बढि प्रभावित छन । वायु प्रदुषण अहिले हानिकारक अवस्थामा छ । यसले निरोगीलाई रोगी बनाउने र रोगीलाई थप पिडा दिन्छ । वायु प्रदूषणका कारण शरीरका विभिन्न अंगमा क्यान्सर गराउँछ । चुरोट सेवन नगर्नेलाई पनि फोक्साको क्यान्सर हुने चिकित्सकहरु बताउँछन । मस्तिष्कघात, मुटु तथा रत्तनली सम्बन्धी समस्या, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, आँखा, नाक र घाँटिको संक्रमण वायु प्रदुषणका कारण हुन सक्छ ।

मानव स्वास्थ्यका हिसावले वायु प्रदुषण धूम्रपान भन्दा हानिकरण भएकाले वायु प्रदुषणले अल्पकालिन र दीर्घकालिन स्वास्थ्य समस्याबाट बच्न अहिलेको अवस्थामा सकेसम्म घर बाट नै ननिस्कने निस्कनु परे मास्कको अनिवार्य प्रयोग, पोषिलो आहारा लिनुपर्ने चिकित्सकहरुको सुझाव छ । सवारी साधनबाट अनियन्त्रित धूँवा, इँटाभट्टा बढी प्रयोग हुने समय, अत्याधिक डढेलो लाग्ने, फोहोर जलाउँने साथै अन्य पूर्वाधार निर्माणको गतिविधि बढी हुने हुँदा प्रदुषणको ह्वात्तै र बढेको छ । यसतर्फ आम सर्वसाधरण साथै सबैले आ–आफ्नो तर्फबाट सर्तकता अपनाउँदै सकेसम्म प्रदुषण हुने गतिविधि नगर्न वातावणविद्हरुको सुझाव छ ।

भौगोलिक बनावटका कारण उपत्यका वायु प्रदुषणबाट बढि प्रभावित छ । विशेषगरी बढी जोखिममा रहेका दिर्घ रोगी, जेष्ठ नागरिक, बालकालिका सहित आफ्नो दैनिकी गुजार्न सडक छेउमा काम गर्ने मजदुर, साना व्यापारी,पैदलयात्री र साइकल–मोटरसाइकलमा दौडधूप गर्ने सर्वसाधरणले मास्कको प्रयोग र खानपानमा ध्यान दिन जरुरी छ ।