देश

एआईजी बढुवाविरुद्ध सर्वोच्च पुगे असन्तृष्ट डीआईजीहरु


काठमाडौँ — तीन जना डीआईजीहरु एआईजीमा बढुवा भएपछि असन्तृष्ट डीआईजीहरु सर्वोच्च अदालत पुगेका छन् । आज बिहान बसेको मन्त्रिपरिषद वैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयविरुद्ध डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की रिट निवेदन बोकेर सर्वोच्च पुगेको बताइएको छ । अर्का डीआईजी ईश्वरबाबु कार्कीले आफु पनि सर्वोच्च जाने तयारीमा रहेको बताए । यसअघि तीनजनै डीआईजीहरुले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो ।