काठमाडौँ – लामो समय मूलधारको पत्रकारिता गरेर राजनीतिमा होमिएका दीपेन्द्र वान्तवाले खाँदवारी नगरपालिकाको मेयरमा दावी गरेका छन् । नेपाली कांग्रेस संखुवासभाका प्रवक्ता समेत रहेका वान्तवाले समाजसेवा गर्नुपर्छ भन्ने सोचका साथ गाउँ फर्केको र अबको जीवन राजनीतिमै बिताउने अठोट गर्ने बताए ।
विकास आफै हुने चीज नभई त्यसका लागि सक्षम र अनुभवी नेतृत्वको आवश्यक हुने र आफू त्यसका लागि योग्य रहेको उनको उनले दावी गरे । मैले खाँदवारी नगरपालिकामा जनताले अनुभूत गर्ने गरी विकास गर्न मेयरमा दावी गरेको हुँ वान्तावको भनाई छ ।
कान्तिपुर,एपी वान जस्ता मिडियाका कार्यकारी सम्पादक समेत भएर काम गरिसकेको वान्तवाले आफूलाई सफल व्यवसायीका रुपमा पनि सावित गरिसकेको छन् । उनले आफ्नो व्यवसायिक अनुभव र अध्ययनबाट समाजलाई योगदान गर्न सकिन्छ भन्ने सोचेरै राजनीतिमा सक्रिय भएको बताए । हिमाली जिल्ला संखुवासभा विकासमा पछि परेको भएपनि सक्षम नेतृत्व आए धेरै सहज हुने उनको बुझाई छ ।
२०४६ सालको जनआन्दोलनदेखि नै कांग्रेसमा आवद्ध वान्तवा १३ औं महाधिवेशनदेखि पार्टी राजनीतिमा सक्रिय छन् । १४ औं महाधिवेशनबाट कांग्रेस जिल्ला कार्यसमिति सदस्य निर्वाचित उनी अहिले पार्टी प्रवक्ताको भूमिकामा छन् ।


प्रतिक्रिया