काठमाडौँ — कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थलको निर्माण कार्य झण्डै दुई दशकपछि सुरु भएको छ । पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानीयवासीहरु विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन् । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ । अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको हो ।
विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरु विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन् । महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट यहाँका स्थानिय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता हट्ने छ । विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए । उनले विमानस्थल निर्माण कार्य सुरु भएको दुई हप्ता भएको बताए । विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भएको छ ।
त्यस्तै, मझगाउँ विमानस्थल पुर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताए । त्यस्तै, भीमदत्त नगरपालिका वडा न.१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणको लागि जनप्रतिनिहरुले चनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताए । उनले विमानस्थल निर्माण भएर पर्यटकिय विकास तथा यहाँका जनताले रोजगारी पाउने दावी गरे ।
विमानस्थल निर्माण तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्च्मि प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुर्ननिमार्णमा लगानी सहकार्य गरेका स्थानिय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् ।


प्रतिक्रिया