विदेश

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण स्थगित


काठमाडौँ — जरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ । प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ, यसको नयाँ तालीका पछि सार्वजनिक गरिनेछ प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उनको तीन दिने भ्रमण आगामी आइतबारदेखि सुरु हुने तय गरिएको थियो ।दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा इजरायलका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कार्यतालिका बनेको हो । उनले पहिलो पटक भारतको भ्रमण गर्न लाग्नु भएको थियो ।