काठमाण्डौँ — सुनसरीको इटहरीमा बम विस्फोट भएको छ हुँदा तिन जना घाइते भएको छ । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा घाइते हुनेमा इटहरी उपमहानगर–२ नवजागृति टोलमा बस्ने ४० वर्षकी लक्ष्मी थापा, उहाँका छोरा १८ वर्षका रवीन थापा र लमजुङका २३ वर्षका शेरजङ्ग गुरुङ रहेका छन् । आमा छोराको विराटनगर र गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।


प्रतिक्रिया