Breaking

बाँके राष्ट्रिय निकुञ्जमा मौलिक रैथाने भोजन मेला, विभिन्न जातजातीका उत्पादित सामानको विक्रि


काठमाडौँ — बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकिय क्षेत्रमा पहिलो पटक आयोजना गरिएको मौलिक रैथाने भोजनको मेला सकिएको छ । मौलिक भोजनमा लुम्बिनी क्षेत्र सहित ६८ जिल्लामा बासोबास गर्ने विभिन्न जातजातीहरुले आफूले उत्पादन गरेको बस्तु मेलामा प्रर्दशन र बिक्रि वितरण गरेका थिए । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकिय क्षेत्रमा पहिलो पटक मौलिक रैथाने भोजनको मेला आयोजना गरिएको थियो । गाभर भ्याली होमस्टे एशोसिशनको राष्ट्रिय सम्मेलन तथा विभिन्न जातजातीको मोलिक खानका परिकार तथा घरमा निर्मित समाग्रीको किनमेल मेला चैत ११ गतेदेखि १३ गतेसम्म भएको थियो ।

मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सास्कृतिक नाचगान समेत भएको थियो । त्यस्तै,मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे संचालकहरुको सहभागिता रहेको थियो । मौलिक भोजनमा लुम्बिनी क्षेत्र सहित ६८ जिल्लामा बासोबास गर्ने थारु, मगर, राई, लिम्बु मधेशी तथा अन्य जातजातीहरुले आफुले उत्पादन गरेको बस्तु आफैले घरमै उत्पादन गरेर मेलामा प्रर्दशन र बिक्रि वितरण गरेका थिए । स्थानीय उत्पादनलाई बजारीकरण गर्न, स्वदेशमा मात्र नभए विदेशमा निर्यात गर्न उत्प्रेरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक बताउँछन् ।

घरेलु मौलिक उत्पादन जोगाउन कै लागि दुई दिने मेला आयोजना गरिएको होमस्टे एशोसिएशनका सदस्य पुर्णचन्द्र उपाध्याय बताउँछन् । त्यसो त पछिल्लो समय रैथाने जातका खाद्यान्न उत्पादन घट्दै गईरहेको छ । त्यसका लागि पनि रैथाने उत्पादन बढाउनका लागि किसानहरुलाई पुरानो धान, गहुँ मकै लगायतका खद्यान्न उत्पादन गराउन प्रोत्साहन समेत गरिएको थियो । मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातीमा प्रचलित नाच अवलोकन गर्ने व्यवस्था गरिएको थियो । समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया,लट्ठा, मयूर नाच प्रदर्शन गरिएको थियो । आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित तथा लोपोन्मुख नाचगानकोे संरक्षण गर्न पनि आवश्यक दखिएको छ ।