देश

गठबन्धन को सँग, किन र के का लागि गर्ने: कोइराला


काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन को सँग किन केका लागि गर्ने भन्दै नेतृत्त्वसँग प्रश्न गरेका छन् । उनले गठबन्धनभन्दा पनि पार्टी एकतामा ध्यान दिन आग्रह गरेका छन् ।

“गठबन्धन गर्छु गर्दिनभन्दा पनि स्थानीय स्तरबाटै पार्टीभित्र एकता सहकार्य गरौं, पार्टी केन्द्रस्य कार्यसमिति बैठकमा उनले भने, “गठबन्धन माथिबाट गर्ने, तलका कार्यकता चाहिँ एकता गर्न नसके के हुन्छ अवस्था हामीले त्यसतर्फ ध्यान दिन जरूरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।”