समाचार

एनआरएन संघको १० औं विश्वसम्मलेन समापन


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।

गैर आवासीय नेपाली संघको १० औं विश्व सम्मेलनको समापनको अवसर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि ठूलो पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपालीहरुले पुरकको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैर आवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक विभिन्न नीति र कानुनी सुधार गर्दैै गैर आवासीय नेपालीहरुलाई सहज रुपमा लगानी गर्न सक्ने तथा लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरुको सम्पत्ति र लगानीको संरक्षण गर्ने काममा सरकार सदैव सकारात्मक रहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल र नेपालीको अप्ठ्यारो परेको बखत गैर आवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वय गरेकोमा सरकार आभार र धन्यवाद व्यक्त गर्दछ ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले भूकम्पले ध्वस्त बनाएको बस्तीको पुनर्निर्माण र कोभिड संकटमा सघाउ पु¥याएको आभार समेत व्यक्त गर्नु भयो ।