काठमाडौँ — मानिसमा पनि संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लु भेटिएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बर्डफ्लु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार काठमाडौँर चितवनमा यस्ता लक्षणसहितको फ्लु भेटिएको जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ , चितवनको राप्ती नगरपालिका-६ स्थित कृषि फार्ममा पालिएका कुखुराको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा (एच.पी.ए.आई. सब टाइफ एच.फाइभ.एन वान एभिएन इन्फ्लुन्जा) बर्डफ्लु पुष्टि भएको छ ।
प्रभावित क्षेत्रमा सो रोगको नियन्त्रण गर्ने कार्य भइरहेको छ । एभिएन इन्फ्लुन्जा भाइरसको संक्रमण खास गरी पंक्षीहरुमा हुने हुन्छ । तर, हाल पुष्टि भएको एच फाइभ एन वानले मानिसहरुलाई पनि संक्रमण गराउन सक्ने मन्त्रालयले जनाएको छ । ‘यसको लक्षण श्वास प्रश्वासमा समस्या हुने हुन्छ । मानिसहरुमा बर्डफ्लू भए नभएको प्रयोगशालामा गएर मात्र पुष्टि गर्न सकिन्छ ।’


प्रतिक्रिया