काठमाडौँ – नेपालमा लागूऔषधका रुपमा व्याख्या गरिएको गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको गाँजालाई औषधिजन्य प्रयोजनका लागि पूर्ण रूपमा नियन्त्रित हुने गरी उत्पादन, प्रशोधन तथा कारोबारमा कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।
गाँजालाई लागूऔषध नियन्त्रण ऐन २०३३ मा लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति भने उक्त ऐनमै रहेको छ ।
औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन ।


प्रतिक्रिया