काठमाडौँ – नेकपा एमालेका सांसद मोहन बानियाँलाई बलात्कारको आरोप लागेको छ । मुगुका सांसद बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बिहीबार जाहेरी दर्ता गराएकी हुन् ।
जाहेरी दर्ता गराएकी महिलाले आफूलाई नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले बलात्कार गरेको खुलाएकी छन् ।
बानियाँले महिलासँग २५ लाख लिएको र आफूलाई त्यही पैसा फिर्ता लिन नेपालगञ्जमा बोलाएको महिलाको भनाई छ । होटलमा उनीहरुबीच चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बानियाँले महिलालाई पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ ।
पीडित महिला माओवादी निकट हुन् भने उनी पेशाले शिक्षिका पनि हुन् ।


प्रतिक्रिया