काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको छ । आज बिहान प्रचण्डलाई भेट्न खमलटार पुगेका कोइराला यस विषयमा छलफल भएको हो ।
सो भेटमा कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने बताएको बताइएको छ । माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएको हो ।
कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डसँग आग्रह गरेका थिए । उनले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई ओलीनिवास बालकोटमै पुगेर भेट गरेका थिए ।


प्रतिक्रिया