काठमाडौँ — सभामुख अग्नि सापकोटामाथि फेरि कारबाहीको कुरा उठेको छ । व्यक्ति हत्याका अभियुक्त सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन द्वन्द्वपीडित तथा नागरिक अभियन्ताहरूले माग गरेका हुन् ।
व्यक्ति हत्याका अभियुक्त सापकोटा राज्यको नजरमा फरार रहेको भन्दै १४ जना अभियन्ताले मंगलबार सामुहिक विज्ञप्ति निकालेर उनलाई पदबाट हटाउन र पक्राउ गरि कानूनी दायरमा ल्याउन माग गरेका हुन् ।
सशस्त्र युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटामाथि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । मुद्दा चलिरहेकै अवस्थामा सापकोटालाई सभामुख बनाइएको भन्दै अर्जुन लामाकी पत्नी पुर्णिमाया लामा, द्वन्द्वपीडित सावित्री श्रेष्ठ, सुमन अधिकारी, यज्ञराज थापा, नागरिक अगुवा कनकमणी दीक्षित, सुशील प्याकुरेललगायतले मंगलबार विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ
अग्नि सापकोटाका सम्बन्धमा पूर्णिमाया लामासहित नागरिक अपील
अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुख रहन अयोग्य
२०७८ माघ २५, मंगलबार।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका गतिविधि एवं आचरण मानव अधिकार तथा संसदीय लोकतन्त्रका मूल्य-मान्यता प्रतिकूल रहेकाले सभामुख पदको गरिमा तीब्र अवमूल्यन हुँदै गएकोमा गम्भीर आपत्ति प्रकट गर्दै हामी हस्ताक्षरकर्ता नागरिकहरू निम्न अपील गर्दछौं:
१. प्रतिनिधि सभामा छलफल गराउनुपर्ने आवश्यकता बोध भई नेपाल सरकारद्वारा पेश गरिने कुनैपनि विधेयकलाई सदनमा लैजान सहजीकरण गर्नु सभामुखको कानुनी दायित्व हो। सदनमा निष्पक्ष र निर्विवाद भूमिका रहनुपर्ने मान्यताका आधारमा सभामुख निर्वाचित भएकै क्षणदेखि निजको दलीय आबद्धता समाप्त हुन जान्छ।
आफू संसद सदस्य निर्वाचित भएको राजनीतिक दलका सबै पदबाट सभामुखले तत्कालै राजीनामा गर्नुपर्ने परम्परा रहनुको कारण पनि यही हो। जनताका आवाजलाई सदनमा मुखरित गर्नका लागि साना ठूला सबै राजनीतिक दलसँग गरिने व्यवहारमा सभामुखबाट पूर्ण तटस्थताको अपेक्षा गरिएको हुन्छ।
हाम्रो संसदीय प्रणालीमा सभामुखको कार्यकारी भूमिका परिकल्पना गरिएको छैन। प्रतिनिधिसभाको काम कारवाहीलाई न�


प्रतिक्रिया