राजनीति

प्रतिनिधि सभाको बैठक : यस्ता छन् सम्भावित कार्यसूची


काठमाडौँ — बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।​