काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको पिसिआर र २ हजार ८०८ जनाको एन्जेन्ट गरी ९ हजार २५१ जनाको मूना परीक्षणमा १३८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् । ११ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया