राजनीति

एमाले अध्यक्ष ओली महासचिव पोखरेलसहित बालुवाटार जाँदै


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेललाई लिएर आइतवार अपरान्ह बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाएपछि ओली अपरान्ह ४ बजे महासचिव पोखरेललाई लिएर बालुवाटार जाने भएका हुन् । एमालेका प्रचार विभागका एक नेताका अनुसार अध्यक्ष ओली र महासचिव पोखरेल प्रधानमन्त्री देउवासँग समसामयिक विषयमा छलफल गर्न बालुवाटार जाने कार्यक्रम तय भएको जानकारी दिए ।

यो छलफलमा देउवाले प्रचण्डलाई पनि बोलाएका छन्। तर प्रचण्डको सचिवालयले अहिलेसम्म यसबारेमा केही जानकारी दिएको छैन।