राजनीति

मन्त्रालय थपेको विरोधमा प्रदर्शन


काठमाडौँ – सात मन्त्रालयलाई फुटाएर १३ बनाइएको विरोधमा प्रदेश १ मा प्रदर्शन भइरहेको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन र युवा संघमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् ।

कोसी राजमार्गको ढाटनजिकैबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् । प्रदर्शनकारीहरुले आज बिहानै देखि कार्यालय प्रवेश गर्ने सडक अगाडी अवरोधमा उत्रिएका हुन् ।

प्रदेश १ मा फेरि मन्त्रालय फुटाइयो