मौसम

जुम्लामा चिसोका कारण दुई जनाको ज्यान गयो


काठमाडौँ – जुम्लाको तातोपानी गाउँपालिकामा हिउँले कठाङ्ग्रीएर दुई जनाको ज्यान गएको छ । गाउँपालिका ७ बस्ने ४२ वर्षीय मुन रावत र ८ निवासी ३७ वर्षीय देवी शाहीको मृत्यु भएको हो ।

रावतको गोठालो गएको बेला हिउँमा परेर ज्यान गएको र देवी शाहीको सेतो चिनी कोरेर फर्किने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

यसैगरी तातोपानी गाउँपालिका ८ मा लगभग ५५ जना मानिसहरु हिउँमा फसिरहेको गाउँपालिकाले जनाएको छ । काम गर्न गएका ५५ बढी मानिसहरु फसेका भन्ने खबर आएको तर कति मानिस हिउँमा फसे यकिन हुन नसकेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ ।