काठमाडाैँ – आजदेखि मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सामान्यतया देशैभर मौसम सफा रहने छ ।
केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो ।
मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमा महाशाखाको अनुमान छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्ने भएको छ ।


प्रतिक्रिया