विदेश

इरानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई दबाव


काठमाडौँ – इरानमाथि लगाएइको प्रतिबन्ध फुकवा गर्दै आणविक वार्ता थाल्न यतिबेला अमेरिकामाथि दबाव परेको छ । इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल थाल्नु पर्नेमा अमेरिकी विदेश मन्त्रालयले जोड दिएका छन् ।

सन् २०१५ को आणविक सम्झौतामा फर्कन अमेरिकालाई दबाव परेकाले वासिङ्टन र तेहरानबीचको वार्ता अघि बढाउन दबाव परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसअघि पनि पटक पटक भएका वार्ताहरु अन्तिम चरणमा प्रवेश गरेपछि ट्रम्प प्रशासनले एकतर्फी रुपमा सहमति भङ्ग गरेपछि इरान र अमेरिकाको सम्बन्ध चिसिएको थियो ।

त्यसपछि अमेरीकाले एकतफी रुपमा इरानमाथि प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाको एकल निर्णयको रुस,चीन र युरोपेली मुलुकहरुले पनि विरोध जनाएका थिए ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै दुवै देशबीचको विवाद बढ्दै गएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेलगत्तै इरानसँगको सम्बन्ध सुधारका लागि आफू वार्ता गर्न तयार रहेको बताउनुभएको थियो । त्यसलगत्तै बाइडेन प्रशासन र इरानबीच अष्ट्रियाको भियनामा पटक पटक भएका वार्ताहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।