काठमाडौँ — सन् १९९३ मा भएको मुम्बई विष्फोटका प्रमुख योजनाकार अबु बकर अब्दुल गफूर शेख यूएईमा पक्राउ परेका छन् । भारतीय सुरक्षा एजेन्सीहरुको सहयोगमा झण्डै तीन दशकपछि बकर पक्राउ परेका हुन् । अबु बकर दाउद इब्राहिमको निकट सहयोगी मानिन्छन् ।
सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ जना मानिसहरु घाइते भएका थिए ।
अबु बकर यसअघि पनि सन् २०१९ मा पनि पक्राउ परेका थिए। यद्यपि उनी आफ्नो केही कागजात देखाएर हिरासतबाट छुटेका थिए । इन्डिया टुडेका अनुसार अब छिटै नै अबु बकरलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको छ ।
पछिल्लो २९ वर्षमा अबु बकर भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका थिए । उनलाई सन् १९९७ मा उनलाई पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो । उनी पाकिस्तान र यूएईमा बस्दै आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।


प्रतिक्रिया