मौसम

उपत्यका आसपासका डाँडामा बाक्लो हिमपात


काठमाडौँ – काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा हिमपात भएको छ । राजधानीको नजिकमा रहेका पहाडमा पनि बाक्लो रुपमा हिमपात भएको छ ।

राजधानीबाट नजिकक डाँडा फुलचोकी,शिवपुरी,दलचोकी, दामन, चन्द्रागिरीलगायतका आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात परेको हो ।

माघ लागेसँगै देशभर चिसो अत्याधिकमात्रामा बढेको थियो । माघको दोस्रो हप्तातिर मौसममा केही सुधार आए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपातसँगै फेरि चिसो बढेको छ ।

अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरुले जानकारी दिएका छन् । मौसमविद्हरुले देशभरि नै भारी वर्षा भइरहेको जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म मौसम बदली नै रहने छ ।