काठमाडौँ – मनाङको तापक्रम माइनस १२ डिग्री सेल्सियस पुगेको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै तापक्रम घटेर १२ डिग्री पुगेको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ । मनाङमा तीन फिटसम्म बाक्लो हिमपात भएको छ ।
तापक्रम माइनस १२ मा झरेसँगै धारा खोलामा पनि पानी जमेको स्थिति छ ।
हिमपातका कारण हिउँदेवाली लगाउने किसान भने खुशी भएका छन् । आलु, फापर, गहुँ, जौ र उवालगायतका बाली सप्रिने भएकाले किसानहरु हर्षित भएका हुन् ।


प्रतिक्रिया