काठमाडौँ – अमेरिकी फौजले सिरियामा गरेको सैनिक कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका नेता अवु इव्राहिम अल–हासिमी अल–कुरेसीको मुत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टुइट गर्दै कुरेसीको आफ्ना सेनाले हत्या गरेको जानकारी दिएका छन् ।
बाइडेनले कुरेसीको मृत्युसँगै विश्वबाटै एक प्रमुख आतंकारीको खतरा समाप्त भएको अभिव्यक्ति दिएका छन् । बाइडेनले अन्तिम कायरतापूर्ण काम गर्नेक्रममा कुरेसीले एउटा शक्तिशाली बम विस्फोट गराई आफू र आफ्ना परिवारका सदस्यहरुलाई समाप्त पारेको जानकारी पनि दिएका छन् ।
सिरियाली सरकारी सूत्रले घटनास्थलबाट १३ जनाको शव फेलापरेको जनाएका छन् । अमेरिकी विशेष फौजले टर्कीको सीमा नजिकको उत्तरी इडलिव प्रान्तको विपक्षीको कब्जामा रहको एतमेह सहरस्थित दुई तले आवासीय भवनमा लक्षित कारवाही गरेको थियो ।
सो क्षेत्र आईएसका कट्टर विरोधी जिहादी समूहहरु र सिरियाली सरकारविरुद्ध युद्धरत टर्की समर्थित अन्य लडाकु समूहहरुको बाहुल्य रहेको बताइएको छ ।


प्रतिक्रिया