मौसम

देशका अधिकांश स्थानमा बर्षा, आइतवारसम्म मौसम प्रभावित हुन सक्ने


काठमाडौँ – आज देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन,चट्याङ,असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने छ ।

हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा समेत भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन चट्याङ असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने यो क्रम आइतबारसम्म रहने महाशाखाले जनाएको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाएको छ ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमका पाहाडी जिल्लामा भारी हिमपात भईरहेको छ ।