राजनीति

अध्यक्ष ओलीले भने : जेठमै स्थानीय निर्वाचन हुनुपर्छ, सरकारले भाग्न पाउँदैन


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् । बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन् ।

अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने तर्क गर्दै जेठ ५ भित्रमै चुनाव गर्नुपर्ने बताएका छन् । उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि तर्क गरेका छन्।