काठमाडौँ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई उक्साएर युद्धमा लान खोजेको आरोप लगाएका छन् । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उनको आरोप छ ।
यद्यपि पुटिनले वार्ता र संवादको सम्भावना कायमै रहेको बताएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।
रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पुटिनको भनाइ छ ।


प्रतिक्रिया