समाचार

पेट्रोलियम पदार्थको मूल्य इतिहासकै महँगो, अझै पनि सवा दुई अर्ब घाटा


काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । यो मूल्य इतिहासकै उच्च हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरिएको छ ।

ग्यासको मूल्य भने १५ सय ७५ नै यथावत् राखिएको छ । आन्तरिक हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेका कारण नेपाली बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको तर्क रहेको छ ।

मूल्य बढाउँदा पनि १५ दिनमा सवा दुई अर्ब घाटा हुने आयल निगमले बताएको छ ।