कोरोना विशेष

दुई दिनमा भित्रियो २३ लाख ४० हजार डोज मोडर्ना खोप


काठमाडौँ – नेपालमा कोभिड–१९ विरुद्धको २३ लाख ४० हजार डोज मोडर्ना खोप भित्रिएको छ । हिजो र आज गरी कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखाले जनाएको छ ।

पछिल्लो समय आएको खोप १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई दिने सरकारले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ४ लाख ९६ हजार ६९६ किशोरकिशोरीले मोर्डना खोपको दुई डोज र १९ लाख ६३ हजार ८६७ जनाले पहिलो डोज खोप लगाइसकेका छन् ।