काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा रहेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रकमा तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङमा ठोक्किएको थियो ।


प्रतिक्रिया