काठमाडौँ – आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ।
आज पहाडी भू -भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सुर कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसा १५ देखि १६ डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ।


प्रतिक्रिया