काठमाडौँ – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् । अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडान अवरुद्ध भएका छन् ।
करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ । नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा दुई फिटसम्म हिउँ जमेको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ ।


प्रतिक्रिया