काठमाडौँ – देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न विभागले आग्रह गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।


प्रतिक्रिया