काठमाडौँ – स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धन दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ ।
यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शुक्रबार छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षासमेत हुने बताइएको छ ।


प्रतिक्रिया