काठमाडौँ – सल्यानको दार्मा गाउँपालिकाको जनसंख्या दश वर्षको अवधिमा जम्मा ३२ जनाले बढेको छ । २०७८ को प्रारम्भिक जनगणनाले यो तथ्यांक निकालेको हो ।
हालको जनगणना अनुसार दार्मा गाउँपालिकको जनसंख्या १९९९८ रहेको छ । जबकी २०६८ सालको जनगणनामा त्यहाँको जनसङ्ख्या १९ हजार ९६६ थियो । यसरी हेर्दा उक्त गाउँपालिकामा १० वर्षमा जम्मा ३२ जना मात्र बढेको छ ।
तर गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भने यो तथ्यांक नै गलत भएको बताएका छन् । यसभन्दा अघि गाउँपालिका आफैले गरेको गणनामा त्यहाँको जनसंख्या २३ हजार ४ सय १८ रहेको थियो ।
गाउँपालिकाले प्रारम्भिक गणना नै त्रुटिपूर्ण भएको जनाएको छ । गणकले त्रुटीपूर्ण तथ्यांक संकलन गर्दा यथार्थ जनसंख्या आउन नसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा यस्तो किसिमको जनसंख्यामा प्रभाव पर्ने गरी बसाईसराई पनि नभएको र अस्वाभाविक मृत्युदर पनि नभएको र जन्मदर पनि ठिकै भएको अध्यक्ष केसीले बताए ।


प्रतिक्रिया