मौसम

चिसोका कारण मनाङका गाउँबस्ती सुनसान


काठमाडौँ – अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । त्यस्तै, तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ । तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्नेछ । चिसो कायमै रहेकाले जोगिन पनि महाशाखाले अनुरोध छ ।

यसैबीच चिसोका कारण हिमाली जिल्ला मनाङका गाउँबस्ती सुनसान बनेका छन् । चिसो छल्न मनाङका बासिन्दा काठमाडौँ, पोखरा, चितवन, लमजुङ लगायतका जिल्लामा झरेका छन् । जिल्ला छाडेकाहरु माघको अन्तिम र फागुन पहिलो हप्ता गाउँ फर्कने गर्छन् ।