देश

पाँच वर्षीय बालिका बलात्कार गर्ने प्रहरी नियन्त्रणमा


काठमाडौँ – झापामा पाँच वर्षीय बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् । सर्लाही बरथहवा–२ हजरीया स्थायी घर भएको ३८ वर्षीय गंगा मगरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मगर बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टाका कामदार हुन् । बालिकामाथि जबरजस्ती करणी भएको खबर प्राप्त हुनेबित्तिक ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।