विदेश

युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रुसको माग मान्य नहुने अमेरिकाको भनाई


काठमाडौँ – युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रुसको मागलाई अमेरिकाले अस्वीकार गरेको छ । रुसले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाको माग अस्वीकार गरेका हुन् ।

युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रुसले छनौट गर्नुपर्ने उनले बताएका छन् । विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रुसका एक मन्त्रीले बताएका छन् ।

यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रुसले एउटा लिखित सूची नै जारी गरेको थियो । पछिल्ला सातामा रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यद्यपी, रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ । युक्रेनलाई नेटोलगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनौट हुने अधिकार भएको अमेरिकाले तर्क गर्दै आएका छन् ।