काठमाडौँ – नेपालको सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ मा पर्ने पाटन पञ्चेश्वर सडकखण्डमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
ना ७ ख २५७० नम्बरको बस आज बिहान करिब ६ बजे दुर्घटना हुँदा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय दुर्गादत्त भट्ट, ६८ वर्षीय रामसिंह साउद, बाराका ४५ वर्षीय सिराज अन्सारी, मेलौली २ बस्ने २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका–५ की २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ बस्ने २९ वर्षीय जनक आउजी घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको छ । बस चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका स्थायी बासिन्दा हुन् । बस सडकबाट पाँच मिटर तल खसेको थियो ।


प्रतिक्रिया