काठमाडौँ– पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दैनिक रुपमा १० हजार भन्दा बढि नयाँ संक्रमित देखा पर्न लागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २३८ कोरोना संक्रमितको आईसीयूमा र ४३ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३२ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।यसैगरी मधेश प्रदेशमा ९ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १५६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा १६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा २२ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।सुदुरपश्चिममा ३ जना आईसीयूमामा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।


प्रतिक्रिया