समाचार

आजदेखि टेकु अस्पतालमा खोप कार्यक्रम पुनः सुरु हुँदै


काठमाडौँ – शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्थगित गरिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

यसअघि ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको भन्दै अस्पतालले आइतबार सूचना जारी गरेको थियो । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौँबाट जनशक्ति व्यवस्थापन भएपछि पुनः सञ्चालनमा ल्याइएको हो ।

स्वास्थ्य शाखाबाट पाँच जना र रेडक्रस सोसाइटीबाट ८ देखि १२ जनासम्म स्वास्थ्यकर्मी परिचालित हुनेछन् । अस्पतालका अनुसार आज १० बजेदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ