समाचार

कोरोना नियन्त्रणका लागि सवारीमा जोर–बिजोर नियम : कति प्रभावकारी ?


काठमाडौँ – देशभर कोरोना सङ्क्रमण फैलिएको भन्दै रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको जोरबिजोर प्रणाली प्रभावकारी देखिएको छैन ।

जोरबिजोर प्रणालीका क्रममा अन्यदिन भन्दा कम सार्वजनिक सवारी सञ्चालन हुदा सर्वसाधारण मर्कामा परेका छन् । यसअघि सहजै सार्वजनिक यातायातको उपलव्धता हुने भएपनि जोर बिजोर लागू हुदा कम चलेका कारण सार्वजनिक यातायातमा कष्टकर यात्रा गर्नुपरेको सर्वसाधारणको गुनासो छ । सार्वजनिक सवारीमा यात्रुहरुको भीड हुदा कोराना संक्रमणको जोखिम पनि बढेको छ ।

यस्तै काठमाडौँ उपत्यकाभित्र सवारीमा जोरबिजोर प्रणाली उलंघन गर्ने सर्यौ कारवाहीमा गर्ने गरेका छन् । यसरी कारवाही गर्ने सवारीमध्ये सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

सडकमा खटिएका ट्राफिक प्रहरीले अहिले पनि सडकमा चेकिङ प्वाइन्ट राखेर सवारी साधनको जाँच गर्दै आएको छ तर पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र कोभिड १९ सङ्क्रमित थपिने दर घट्न सकेको छैन । काठमाण्डौमा माघ ८ गतेदेखि सवारी साधनमा जोरविजोर नियम लागु भएको हो ।