विदेश

स्वतन्त्रताको एक सयौँ वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा


काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र नयाँ भारत बनाउने घोषणा गरेका छन् । सुभाषचन्द्र बोसको १५९औं जयन्तीको अवसरमा इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले नयाँ भारत बनाउने घोषणा गरेका हुन् ।

सुभाषचन्द्र बोसले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भनेको स्मरण गर्दै मोदीले स्वतन्त्र भारतको सपना पूरा गर्ने लक्ष्य लिएर अगाडि बढेको बताए । सुभाषचन्द्र बोसको भावनाबाट प्रेरणा लिएर अघि बढ्न मोदीले सबैलाई अपिलसमेत गरे ।