राजनीति

ओलीको विज्ञप्ति: स्थानीय चुनाव पर धकेल्न पाइँदैन (पूर्णपाठ)

योहो संवाददाता

काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् ।

यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै ओलीले भनेका छन्, ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

प्रेस वक्तव्य

सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको छ । शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् । कोभिड महामारीविरुद्धको प्रतिकार्य लथालिङ्ग भएको छ । मुलुकले सामना गरिरहेका मुख्य चुनौतीका बारेमा नेकपा (एमाले)को दृष्टिकोण यस वक्तव्य मार्फत् सार्वजनिक गर्दछौं ।

१. लोकतन्त्रको स्थायित्व र विकासका लागि राज्यका तीनै अङ्गबीच सुसम्बन्ध र तिनीहरुको सुसञ्चालन अनिवार्य पूर्वशर्त हो । तर, निहीत स्वार्थपूर्तिका लागि केह