राजनीति

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा प्रचण्ड पत्नी दाहालको उपचार भइरहेको छ ।स्वास्थ्यमा थप समस्या देखेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ । अस्पतालले जनाए अनुसार दाहालको स्वास्थ्यमा क्रमश सुधार आइरहेको छ ।

केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् ।