देश

कोभिडबाट संक्रमित प्रहरीको स्वास्थ्य अवस्था सामान्य


काठमाडौँ – नेपाल प्रहरीले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताउनु भएको हो ।

केसीले संक्रमितहरुको संख्या थपिदै गए पनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता केसीले फ्रन्ट लाईनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनु भयो ।

कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले बताउनु भयो ।