विदेश

युक्रेनमा आक्रमण गरेमहँगो मूल्य चुकाउनुपर्ने रुसलाई बाइडेनको चेतावनी


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा प्रवेश गर्ने तयारी गरेपनि युद्ध भने नचाहने दाबी गरेका छन् । उनले युक्रेनमा आक्रमण गरे रुसले ‘गम्भीर र महँगो मूल्य’ चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

ह्वाइट हाउसले रुसी फौजले हमला गरेको खण्डमा पश्चिम जगतले तत्कालै खतरनाक प्रतिक्रिया जनाउने बताएको छ । यसअघि नै रुसले युक्रेनको सीमाना नजिक आफ्ना एक लाख फौज तैनाथ गरिसकेको छ । तर रुसले पटक पटक आफ्नो त्यहाँ हमला गर्ने योजना नरहेको कुरा दोह¥याउँदै आएको छ ।

रुसी राष्ट्रपति पुटिनले पश्चिमसँग युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता दिन नहुने र पूर्वी युरोपमा नेटोले सैनिक गतिविधि त्याग्नुपर्ने जस्ता माग गर्दै आएका छन् । युक्रेन मामिलामा पश्चिम र रुसबीचको वार्ताले अझै ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।