काठमाडौ – सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवन प्रहरीले जनाएको छ ।
अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया